ओलीलाई प्रचण्डको आरोप -साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरे

ओलीलाई प्रचण्डको आरोप -साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरे

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ३० १५:२२ बजे

काठमाडौं । सत्तारुढ दल नेकपा माओमावादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहा प्रचण्डले  नेकपा एमालेका  अध्यक्ष ओलीले भ्रष्टाचारमात्रै गरेको आरोप लगाएको छ । 

बिहीबाार काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनको कायेक्ममा बोल्दे उनले  तत्कालीन नेकपा सरकारमा प्रधानमन्त्री रहँदा ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको बताएका छन् ।  

उनले भने “हामीले प्रधानमन्त्रीहरुले भन्ने गरेको सुनेका छौँ– म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड टाँग्ने अनि त्यो साइनबोर्डभित्र भ्रष्टाचार बाहेक अरु केही गर्दै नगर्ने । के कारणले यो भइरहेको छ, यो व्यक्तिको मात्रै दोष हो कि, प्रणालीमा कतै खोट छ भन्ने कुरा सबैले विचार गर्नुपर्छ ।   प्राणालीमा सुधार गर्न आवश्यक छ । यस्तो प्रणाली जसले भ्रष्टाचार गर्नेलाई ठाउँ नदिओस् ।”

अहिलेको व्यवस्था र भ्रष्टाचारको  बिषयमा एकचोटी विचार गर्ने आवश्यक रहेको  बताउदै उनले भ्रष्टाचारीलाई कारबाही गरी भ्रष्टाचार गर्नेलाई स्थान नदिने शासन प्रणालीको विकास हुन जरुरी रहेको बताए। उनले कार्यक्रममा देश अहिले गम्भीर आर्थिक संकटमा रहेको कुरा सबैले बुझन आवश्यक रहेको बताएका छन् । 

२०७९ भदौ ३० १५:२२ बजे

प्रतिक्रिया