'प्रचण्ड हात लुकाइलुकाई हिँड्थे, म अलिकलि सचेत थिएँ नभन्दै मैले अंगालो मारेँ र प्रचण्डले ग्वाम्म छुरी रोपे ’

'प्रचण्ड हात लुकाइलुकाई हिँड्थे, म अलिकलि सचेत थिएँ नभन्दै मैले अंगालो मारेँ र प्रचण्डले ग्वाम्म छुरी रोपे ’

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ३० १५:०२ बजे
केपी शर्मा ओली

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  पुष्पकमल दाहाल  प्रचण्डले छ्रा  हानेको व्यङगगरेका छन् । 

माओवादी केन्द्रका चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै ओलीले आफूलाई प्रचण्डले पार्टीबाट निष्कासन गरेको प्रसंग सुनाएका हुन् ।उनले भने  ‘मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउँ, बलियो बामपन्थी आन्दोनल बनाउँ, समाजवादतर्फ अघि बढौं भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ । मैले अंगालो हालेको थिएँ, हात मिलाएको मात्र होइन ,प्रचण्ड हात लुकाइलुकाई हिँड्थे, म अलिकलि सचेत थिएँ । नभन्दै मैले अंगालो मारेँ, प्रचण्डले ग्वाम्म छुरी रोपे ।’

ओलीले अगाडि भने, ‘म एकता, एकीकरण भन्ने, प्रचण्ड मलाई साधारण सदस्यबाट निकाल्ने ।’ ओलीले आफूले दिएको वरदान प्रयोग गरेर प्रचण्डले आफैंलाई भष्म पार्न खोजेको बताएका छन् । 

२०७९ भदौ ३० १५:०२ बजे

प्रतिक्रिया