अध्धयन समितिले मिटरब्याज नियन्त्रणका लागि गृहमन्त्रीलाई बुझाइयो प्रतिवेदन

अध्धयन समितिले मिटरब्याज नियन्त्रणका लागि गृहमन्त्रीलाई बुझाइयो प्रतिवेदन

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ३० १४:४७ बजे
गृहमन्त्री

काठमाडौँ । मिटरब्याजको धन्दा नियन्त्रणका लागि सरकारद्वारा गठित अध्धयन समितिले सरकारलाई  प्रतिवेदन बुझाएको छ । समितिले उक्त धन्दा नियन्त्रण गर्नका लागि सरकारलाई ५ बुँदे  सुझाव दिएको हो ।

कार्यदलले तयार पारेको प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँडलाई बुझाएको छ। गत साउन २७ गते गृहमन्त्रीले मिटरब्याजद्वारा पीडितहरुको माग अनुसार अध्ययन गरी नियन्त्रण उपाय सुझाउन भनी डा.भीष्मकुमार भुसालको नेतृत्वमा कार्यदल गठन गठन गरेका थिए ।

कार्यदलले मिटरब्याजको समस्या बढी भएका तराईका जिल्लाहरुमा अध्ययन गरेर समाधानका ५ उपायसहित प्रतिवेदन पेस गरेको हो ।  समितिले  प्राप्त उजुरीहरुमाथि तत्काल छानबिन गरेर कारबाहीलाई निरन्तरता दिने, संघीय एकाइहरूको भूमिका र राजनीतिक प्रतिबद्धतामा जोड दिने, सरकारका वार्षिक नीति तथा कार्यक्रममै व्यवस्था गर्ने,  कानुनी सचेतना र सुधारका कार्यक्रम ल्याउने तथा सचेतना साक्षरता वित्तीय पहुँच बढाउने लगायत  सुझाव समेटेको छ । 

२०७९ भदौ ३० १४:४७ बजे

प्रतिक्रिया