राष्ट्रपति भण्डारीसँग चिनियाँ नेता ली बिच शिष्टाचार भेटवार्ता

राष्ट्रपति भण्डारीसँग चिनियाँ नेता ली बिच शिष्टाचार भेटवार्ता

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २९ १७:०३ बजे
चिनियाँ नेता ली

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको शिष्टाचार भेटवार्ता राष्ट्रपतिको कार्यालय शीतल निवासमा सुरु भएको छ । राष्ट्रपति भण्डारीसँग आज अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता सुरु भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौं आइपुगेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले मङ्गलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरे । 

मङ्गलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । मङ्लबार नै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा शिष्टाचार भेटवार्ता गरेका थिए । 

मङ्गलबार दिउँसो परराष्ट्रमन्त्री डा नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । अध्यक्ष ली नेतृत्वमा छ चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, अन्यसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी बिहीबार बिहान विशेष विमानबाट स्वदेश फर्कने कार्यक्रम छ । 

२०७९ भदौ २९ १७:०३ बजे

प्रतिक्रिया