अव टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन : माधवकुमार नेपाल

अव टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन : माधवकुमार नेपाल

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २९ १६:४८ बजे
माधवकुमार नेपाल

काठमाडौं । सत्तारढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टी भित्र गाह्रो भएको बताएका छन् । 

धवार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा बोल्दै नेपालले चुनाव नलड्न पाएपछि हुन्थ्यो भन्नेहरुले पनि अहिले निर्वाचनका लागि टिकट लिन हानथाप गरिरहेको बताए ।उनले उठेर दुई कदम पनि हिँड्न नसक्ने वृद्धहरुले समेत टिकटको आकांक्षा  गरीरहेको बताएका छन् । 

अध्यक्ष नेपालले ती आकांक्षीहरुमा टिकट नपाउँदा बेहोस् हुने होकि भन्ने चिन्ता आफूलाई लागेको पनि बताए । सबैलाई टिकट चाहिएको छ । अव टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन । भनेपछि चाहना हेर्ने हो भने आकाशिएको छ । सबै एकदम काबिल भएर आएका छन् । को काबिल, को काबिल छैन रु त्यो छुट्टयाउने आधार हामीले बनाउन सकिरहेका छैनौं । नगरेपनि हुन्थ्यो नि दावा भन्ने पनि चर्को दाबी गरिरहेका छन् । उठेर दुई कदम हिँड्नसक्दैन बिचरा बुढो भइसक्यो । तैपनि मर्ने बेलामा एकचोटी त पाउँ, अरु केही भएन भने नाम भएपनि त्यहाँ टाँसिन पाउँ । के होला, कस्तो गाह्रो  भन्दै उनले व्यङग गरेका छन् । 

२०७९ भदौ २९ १६:४८ बजे

प्रतिक्रिया