कारागारलाई सुधार गृहको रुपमा विकास गर्न विधेयक ल्याइएको हो : गृहमन्त्री

कारागारलाई सुधार गृहको रुपमा विकास गर्न विधेयक ल्याइएको हो : गृहमन्त्री

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २९ १५:५२ बजे
गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कारागारलाई बन्दीगृह नभइ सुधार गृहको रुपमा रुपान्तरण गर्न कारागार विधेयकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

कारागार विधेयक २०७८ माथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै  खाणले कारागारलाई सुधार गृह बनाउन सरकार लागिपरेको बताएका हुन् । कारागारमा रहेका पनि नागरिक हुन् । उनीहरुलाई पनि नागरिक अधिकार र मानव अधिकारको व्यवस्था गरिनुपर्छ भन्ने विचारको स्वागत गर्छु । कारागारलाई बन्दीगृह होइन सुधार गृहको रुपमा रुपान्तरण गर्ने विधेयकका मूल अंश हो । कारागारमा रहेका विभिन्न बन्दीहरुलाई उनीहरुको अवस्था अनुसार सुविधा दिने भन्नेमा सरकार गम्भीर छ ,उनले भने । 

उनले भने, ‘कारागारमा बन्दीहरुको संख्या ठूलो छ । भौतिक पूर्वाधार व्यवस्थापनमा चुनौती छ । कारागार व्यवस्थापमा पर्याप्त बजेट व्यवस्था गर्न आवश्यक  छ । आचरण सुधार गरेका बन्दीहरुलाई कैद मिनाह गर्ने परिपाटीलाई व्यवस्थित गरिनेछ।'

२०७९ भदौ २९ १५:५२ बजे

प्रतिक्रिया