निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल तोक्नु अनुचित : भट्टराई

निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल तोक्नु अनुचित : भट्टराई

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २८ १६:५१ बजे
विशाल भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्ष दलनेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल तोक्नु उचित नभएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिको बैठक पछि बोल्दै  भट्टराईले भने, ‘निर्वाचन आयोगले हाम्रो कार्यकाल तोक्ने कुरा उचित होइन ।’

प्रतिनिधिसभाको कार्यकालबारे सरकारले विधेयक ल्याउने तयारी गरे पनि विरोधपछि त्यो पनि झन अन्योल भएको उनले बताएका छन्।

हामीले हालेको संशोधनका कारण सरकार ब्याक भयो । विगतको अभ्यासका आधारमा पनि समानुपातिकको बन्दसूची पेश गर्ने अघिल्लो दिन अर्थात असोज १ गते नै प्रतिनिधिसभाको कार्यदल सकिनुपर्छ, उनले भने । 

बैठकमा काङ्ग्रेस सांसद मीन विश्वकर्मा, भीमसेनदास प्रधानले पनि प्रतिनिधिसभाको कार्यकाल सम्बन्धमा निर्वाचन आयोगले संघीय संसदलाई पठाएको पत्रका सम्बन्धमा विरोध जनाएका थिए ।

२०७९ भदौ २८ १६:५१ बजे

प्रतिक्रिया