जबरासँगको बयान सकियो, अब जबराले आरोप लगाएका व्यक्तिको पालो

जबरासँगको बयान सकियो, अब जबराले आरोप लगाएका व्यक्तिको पालो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २८ १६:४१ बजे
जबरा

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँगको बयान  सकेको छ । जबरालाई सोध्न तयार पारिएको ४३ वटै प्रश्न सोधेर समतिले आज बयान सकेको हो । 

यसैबीच समितिले बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले आरोप लगाएका व्यक्तिलाई पनि बोलाउने तयारी गरेको छ । बयानका क्रममा जबराले नाम लिएका विभिन्न दलका नेता, न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ता, बार एसोसिएशन, सर्वोच्च बार एसोसिएशन लगायतका पदाधिकारीलाई पनि बयानमा बोलाउ नेबारेमा समितिले छलफल गरेको छ ।  बयानका क्रममा विभिन्न व्यक्तिलाई गम्भीर आरोप लगाएकाले पनि उनीहरूलाई पनि बोलाउने तयारी भएको समितिका सदस्य प्रमोद साहले बताएका छन् । 

जबाले पूर्वप्रधानन्यायाधीश र वरिष्ठ अधिवक्ताहरूले पनि सर्वोच्च अदालतका नियुक्तिमा भाग खोज्ने गरेको आरोप लगाउनुभएको थियो । उहाँले लगाएका आरोप गम्भीर प्रकृतिका भएको भन्दै समितिले आरोपित व्यक्तिलाई पनि बोलाउने तयारी गरेको हो ।  

२०७९ भदौ २८ १६:४१ बजे

प्रतिक्रिया