माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैन, एक सिटसम्म जिताइदिनू : ओली

माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैन, एक सिटसम्म जिताइदिनू : ओली

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २८ १६:२५ बजे
केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले थ्रेसहोल्ड नकटाउने बताएका छन् ।  नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको मंगलबार पोखरामा उद्घाटन गर्दै ओलीले  यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘यो भविष्यवाणी लेखेर राख्नुस्, माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैन, एक सिटसम्म जिताइदिनू ।’

ओलीले माधव नेपालको पार्टीसँग विचारै नभएको, बरु देश बर्बाद पार्नेमध्ये एक भएको  आरोप लागाएका छन् ।

ओलीले माओवादी आन्दोलन पनि असफल हुने ,माओवादीमा प्रचण्ड र उनको परिवार बाहेक कसैलाई फाइदा नपुग्न समेत बताएका छन् । ओली पछिल्लो समयमा पार्टिको प्रचारप्रसार  कार्यक्रममा व्यस्त रहेका छन् । 

२०७९ भदौ २८ १६:२५ बजे

प्रतिक्रिया