नेपालमा अमेरिकाको बढ्दो सक्रियताप्रति चीनकाे चासो

नेपालमा अमेरिकाको बढ्दो सक्रियताप्रति चीनकाे चासो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २८ १४:५८ बजे

काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालमा अमेरिकी सक्रियता बढेको भन्दै  चासो व्यक्त गरेका छन् । 

मंगलबार नेकपा माओवाादी केन्द्रका शीर्ष नेताहरुसँग भएको भेटमा लीले एमसीसी र एसपीपीबारे चासो राखेका हुन् । ‘नेपालमा बढ्दो अमेरिकी सक्रियताबारे उहाँहरुको चासो भएको ,’ भेटमा सहभागी माओवादी केन्द्रका एक पदाधिकारीले  बताएका छन् ।,

संघीय संसद भवन नयाँ बानेश्वरमा चिनियाँ टोलीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै नेताहरु वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव हरिबोल गजुरेललगायतका नेताहरुले भेटवार्ता गरेका थिए ।  


२०७९ भदौ २८ १४:५८ बजे

प्रतिक्रिया