सत्ता गठबन्धनको बैठक केही बेरमा बस्दै- जुट्ला सहमति ?

सत्ता गठबन्धनको बैठक केही बेरमा बस्दै- जुट्ला सहमति ?

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २८ १४:४७ बजे

काठमाडौं । सत्ता गठबन्धन दलहरू बिच लगातार छलफल हुँदा पनि आगामी निर्वाचनमा तालमेल गर्दा सिट बाँडफाँडको चाँजो  मिल्न सकेको छैन् । ११ दिन देखि सहमतिको लागि निरन्तर प्रयास रहेको सत्तारुढ दल नेताहरूले बाँडफाँड मिलाउन नसकेका हुन् ।  आज पनि  गठबन्धनमा सोही विषयका लागि बैठक कस्ने भएको छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबार पनि दिउँसो ३ बजेका लागि गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाइएको छ । तर‚ चार बजे भने प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ जन कंग्रेसका अध्यक्ष ली चान्सुबीच बालुवाटारमा भेटवार्ताका लागि समय तय भइसकेको छ ।

देशभर प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० प्रत्यक्ष निर्वाचन क्षेत्र छन् । तीमध्ये गठबन्धनका पाँच दलले कसले कति सिट लिने भन्ने विषयमा तालमेलको प्रयास भइरहेको छ ।

गठबन्धनमा दलहरूले २० साउनमै चुनावी तालमेल गर्ने र त्यसका लागि सिट बाँडफाँडको खाका बनाउन नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलमा नेताहरुले विभिन्न मोडलमाथि छलफल गरेर त्यसको विवरण शीर्ष नेताहरूमाझ पेश गरिसकेका छन् ।

२०७९ भदौ २८ १४:४७ बजे

प्रतिक्रिया