राजनीतिक दलका गलत क्रियाकलापले गर्दा मुलुक संकटमा छ : राजेन्द्र लिङ्देन

राजनीतिक दलका गलत क्रियाकलापले गर्दा मुलुक संकटमा छ : राजेन्द्र लिङ्देन

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २८ १४:२२ बजे
राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका गलत क्रियाकलाप गरीरहेको बताएका छन् । उनले राजनीतिक दलहरुले गलत क्रियाकलाप गरिरहेकाले देशेसंकटमा गइरहेको बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेलामा उनले देशमा  भ्रष्टाचार र अनियमितता मौलाउँदै गएको बताएका छन् । 

आगामी मङ्सिर ४ गतेको निर्वाचनमा राप्रपालाई मत दिएर पहिलो दल बनाउन आग्रह  गर्दै उनले  मुलुकको समृद्धि र विकासको स्पष्ट खाकासहित भ्रष्टाचार र अनियमितताको विरुद्धमा आफ्नो पार्टी निरन्तर क्रियाशील रहेको  बताएका छन् । अध्यक्ष लिङ्देनले यसअघि पर्वतको मोदी गाउँपालिकामा राप्रपाको पालिकास्तरीय कार्यालयको उद्घाटनसमेत गरेका थिए । 

२०७९ भदौ २८ १४:२२ बजे

प्रतिक्रिया