काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको नेतृतवमा एक प्रतिनिधिमण्डल विश्व बैंक समूहको वार्षिक बैठकमा भाग लिन अमेरिका जाने भएको छ।
सोमबारको मन्त्रिपरिषद् बैठकले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री शर्मा नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । बैठक अमेरिकाको वासिङ्टन डीसीमा हुने उनले बताएका छन् ।
प्रतिक्रिया