महाअभियोग सिफारिस समितिको निणर्यः चोलेन्द्रले नाम लिएकाहरुलाई बोलाउने

महाअभियोग सिफारिस समितिको निणर्यः चोलेन्द्रले नाम लिएकाहरुलाई बोलाउने

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २८ १४:०६ बजे
चोलेन्द्र

काठमाडौं। प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरुलाई बोलाउने भएको छ ।

समितिको मंगलबार बसेको बैठकले भोलि बुधबार भ्याएसम्मका आरोपितलाई बोलाउने निणर्य गरेको हो । समितिका सदस्य  कांग्रेस सांसद मीन विश्वकर्माका अनुसार कस(कसलाई बेलाउने भन्ने नाम तय भइसकेको छैन ।

आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा जबराले सर्वोच्चका बहालवाला र पूर्व न्यायाधीश, बार एशोसिएसनका पूर्व पदाधिकारी, वरिष्ठ अधिवक्ताहरुलाई आरोपित गरेका थिए ।

२०७९ भदौ २८ १४:०६ बजे

प्रतिक्रिया