चिनियाँ नेता लीले को-कोसँग गरे वार्ता

चिनियाँ नेता लीले को-कोसँग गरे वार्ता

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २८ १२:३७ बजे
नेता ली

 काठमाडौं । सोमबार नेपाल भ्रमणमा आएका  चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु उच्चस्तरीय भेटवार्ता गरेका छन् ।  उनले नेपाल आएलगत्तै सभामुख अग्नि सापकोटासँग भेटवार्ता गरेका हुन् । लीले मंगलबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासँग भेटवार्ता गरेका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अध्यक्ष तिमिल्सिना नेतृत्वको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, सचेतक तथा सांसदहरुसँग चान्सु नेतृत्वको प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता गरको हो । यस्तै ली र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि भेटवार्ता भएको छ।

भेटमा नेकपा एमालेका तर्फबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताहरुको  सहभागिता रहेको थियो। ओलीसँगको भेटवार्तापछि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका हुन् ।  

लीले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेट्ने कार्यक्रम रहको छ ।  

२०७९ भदौ २८ १२:३७ बजे

प्रतिक्रिया