सत्तारुढ दलहरु बिच टुंगिएन सीट बाँडफाँट, एउटैमा २र३ पक्षको दाबी

सत्तारुढ दलहरु बिच टुंगिएन सीट बाँडफाँट, एउटैमा २र३ पक्षको दाबी

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २७ १७:२९ बजे
सत्तारुढ दलहरु

काठमाडौं । सत्तारुढ दलहरु बिच सीट बाँडफाँट टुंग्याउन  गाह्रो परेको छ । लगातार सिट बाँडफाँटका लागि सत्तँरुढ दलका नेताहरु प्रयासमा जुटे पनि सफल भने हुन सकेको  छैनन्  ।  आज बसेको गठबन्धनका शीर्ष नेताको बैठक निष्कर्षविहिन सकिएको छ । 

बिहान १० बजेदेखि बालुवाटारमा बसेको बैठक निर्णयको नजिकमा पुगेको तर सहमति भइनसकेको सञ्चारमन्त्री एवं सीट बाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।  उनका  अनुसार एउटै सीटमा दोहोरो(तेहेरो दाबी परेको छ ।एउटै सीटमा २र३ पक्षले दाबी गरेको अवस्था छ । त्यसलाई समाधान गर्न दुईपक्षीय र त्रिपक्षीय वार्ता भइरहेको उनले बताएका छन् । 

 दलहरुले आफ्नो आफ्नो अडान लिईरहेको  बताृनले उनले दलहरु लचिलो बन्नुको विकल्प नभएको  बताएका छन् । 

२०७९ भदौ २७ १७:२९ बजे

प्रतिक्रिया