नेपाल ट्रष्टको विवादित जग्गा पूर्वअधिराजकुमारी प्रेरणाको हुने : जबरा

नेपाल ट्रष्टको विवादित जग्गा पूर्वअधिराजकुमारी प्रेरणाको हुने : जबरा

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २७ १४:५७ बजे
जबरा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आइतबार महाभियोग सिफारिस समितिमा बयानका क्रममा नेपाल ट्रष्टको विवादित जग्गा पूर्वअधिराजकुमारी प्रेरणाको हुने  बताएका छन् ।उनले त्यो जग्गा राजा वीरेन्द्रले अपुताली स्वरुप पाएकाले उनीपछिका राजाको निजी सम्पत्ति सरह हुने र उनीहरुले दाइजो दिन पाउने बताएका छन् ।

प्रेरणा राणासँगको सम्बन्धित जग्गा तत्कालीन श्री ५ को होइन । तत्कालीन श्री ५ वीरेन्द्रलाई अपुतालीबाट प्राप्त भएको जग्गा हो । राज्यको त्यसमा लगानी होइन । सरकारले खरिद गरिदिएर राखिदिएको राजाको राजदरबारजस्तो होइन । यो नितान्त अपुताली र व्यक्तिगत सम्पत्ति हो । वीरेन्द्रको स्वर्गारोहणपछि सम्पत्ति राजा ज्ञानेन्द्रकोमा आयो । ज्ञानेन्द्रले प्रेरणालाई दिए  बताएका छन् ।

२०७९ भदौ २७ १४:५७ बजे

प्रतिक्रिया