नेपाल बार एशोसिएशनको धनगढीमा हुने अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा गोष्ठिको तयारी तिव्र

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक १७ १५:०९ बजे

धनगढी। आगामी मंसिर २४ र २५ गते सुदूरपश्चिम प्रदेशको राजधानी धनगढ़ीमा नेपाल बार एशोसिएशनद्वारा आयोजना गरिने मानव अधिकार दिवस, केन्द्रीय कार्यकारिणी परिषद बैठक एवं वार्षिक साधारण सभा कार्यक्रम सफल बनाउन आर्थिक तथा अन्य आवश्यक सहयोग जुटाउनका लागी आजको भेटघाटको क्रममा कैलाली गोदावरी नगरपालिकाका प्रमुख बिरेन्द्र भट्ट र इन्सेक सुदूरपश्चिम प्रदेश प्रमुख  खड़ग राज जोशीले प्रतिबद्धता  व्यक्त गरेको नेपाल बार एशोसिएशन उपाध्यक्ष अधिवक्ता सिद्ध राज ओझाले   जनाएका छन।

यो टोलीमा कार्यक्रम आयोजक समितिका सँयोजक वरिष्ठ अधिवक्ता राजेन्द्र साउद अधिवक्ता हिमालय विष्ट अधिवक्ता गम्भिर सिह ऐर कैलाली वार एकाइका सचिव अधिवक्ता प्रेमवहादुर शाही  नेवाएका उपाध्यक्ष शिध्दराज ओझा समेतको सहभागिता रहेको थियो।

धनगढीमा आगामी २०८३ साल मङ्सिर २४ र २५ गते  नेवाए केन्द्रिय समितिले आयोजना गरिने अन्तर्राष्ट्रिय मानव अदिकार दिवस, केन्द्रिय कार्यकारिणी परिषद बैठक र आर्थिक बर्ष २०८१ र ०८२ तथा २०८२ र ०८३ को बार्षिक साधारण सभाकालागि आवश्यक आर्थिक संकलनकालागि केहि  समय पहिले नेपाल बार एशोसिएशनका उपाध्यक्ष अधिवक्ता सिद्ध राज ओझाको नेतृत्वमा सुदूरपश्चिम सरकारका मुख्यमन्त्री  खगराज भट्ट तथा उहाँका कार्यालयका कर्मचारी र सचिवालय सदस्यहरु, प्रदेशका  आर्थिक मामिला मन्त्रि  चक्र मल्ल तथा उहाँका कार्यालयका कर्मचारी र सचिवालय सदस्यहरु, आन्तरिक मामिला तथा कानुन मन्त्रि तथा उहाँका कार्यालयका कर्मचारी र सचिवालय सदस्यहरुसंग यहि २०८३ साल असोज २६ गते, धनगढी उपमहानगरपालिका नगर प्रमुख  गोपाल हमाल तथा उहाँका कार्यालयका कर्मचारी र सचिवालय सदस्यहरुसंग २०८३ साल कार्तिक १० गते र घोडाघोडी नगरपालिका नगरप्रमुख  खडक बहादुर रावत, बर्दगोरिया गाउँपालिकाका अध्यक्ष  कर्ण बहादुर कुँवर तथा उहाँका कार्यालयका कर्मचारी र सचिवालय सदस्यहरु र लम्की चुहा नगरपालिकाका प्रमुख शुशिला शाहीसंग २०८३ साल कार्तिक १२ गते भेटघाट गर्दा सवैले सहयोग गर्ने प्रतिवध्दता व्यक्त गरेको वार उपाध्यक्ष ओझाले वताएका छन।

त्यसैगरि कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष  पुस्कर ओझा र उहाँको टिम, सुदुरपश्चिम यातायातका अध्यक्ष  पदम सापकोटा र उहाँको टिमसंग पनि २०८३ साल कार्तिक १० गते नै भेट गरि सहयोगका लागि अनुरोध गरिएको  उपाध्यक्ष ओझाले जनाएका छन । 


अर्को टोलीले कञ्चनपुरमा नेपाल वार काउन्सीलका पुर्व काउन्सिलर अधिवक्ता प्रकाश वहादुर पाण्डेको नेतृत्वमा आज कंचनपुर जिल्ला अन्तर्गत सरकारी तथा गैरसरकारी संघ संस्थाहरु सङ्गको भेटघाट गर्नेक्रममा कंचनपुर उध्योग बाणिज्य सङ्गका अध्यक्ष दिनेश मल्ल महाकाली यातायात बहुउद्देश्यीय कम्पनीका अध्यक्ष  नवीन भट्ट एव समितीका पदाधिकारी तथा सदस्यहरु र निर्माण व्यवसायी संघ कंचनपुरमा सहयोगका लागि भेटघाट सम्पन्न भएको वताएका छन । 


टोलीमा महेन्द्रनगर उच्च अदालत बार एशोसिएशनका अध्यक्ष  अधिवक्ता भोज राज पाठक, पुर्व अध्यक्ष उद्दव राज भट्ट, कंचनपुर जिल्ला बारका अध्यक्ष हरिकृष्ण अवस्थी , सचिव विश्वम्भर नाथ सहितको  टोलीमा सहभागीता रहेको पाण्डेले जनाएका छन।

२०८३ कात्तिक १७ १५:०९ बजे

प्रतिक्रिया