इराकमा भएको हवाई आक्रमणमा एघार आईएस लडाकुको मृत्यु

इराकमा भएको हवाई आक्रमणमा एघार आईएस लडाकुको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २६ १६:२२ बजे
लडाकु

काठमाडौं । पश्चिम र पूर्वी इराकमा शनिबार भएको हवाई आक्रमणमा परी इस्लामिक स्टेट्स ९आईएस० का ११ लडाकु मारिएका इराकी सेनाले जनाएको छ । इराकको पश्चिमी प्रान्त अन्बारको अल–जलैयत क्षेत्रमा भएको हवाई आक्रमणमा परी एक स्थानीय नेतासहित सात आतङ्ककारीको मृत्यु भएको र आतङ्ककारी लुकेको एक स्थान ध्वस्त भएको सेना जारी गरेको विज्ञप्तिमा जानकारी दिएको छ ।  

इराकको पूर्वी प्रान्त दियालामा आईएसको लुकेको स्थानलाई लक्षित गरी भएको दुईवटा हवाई आक्रमणमा परी आतङ्ककारी मारिएका बताइएको छ । आइएस लुकेको ठाउँमा खोजी गर्ने क्रममा सशस्त्र बलहरुसँगको भिडन्तमा अर्को एक आईएस लडाकू मारिएका छन् ।  सेनाले तीनवटा मोटरसाइकल, विस्फोटक पदार्थ  नष्ट गरेको जनाएको छ । एजेन्सी 

२०७९ भदौ २६ १६:२२ बजे

प्रतिक्रिया