खान नपुग्ने परिवारमा जन्मेको म दुईचोटि प्रधानमन्त्री भएँ: प्रचण्ड

खान नपुग्ने परिवारमा जन्मेको म दुईचोटि प्रधानमन्त्री भएँ: प्रचण्ड

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २६ १४:३७ बजे
प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरूको विकास गर्नु आवश्यक रहेको बताउदै बताएका छन् । आफुलाई कुनै वेला खाना लाउन पनि गाह्रो पर्ने गरेको कुराको स्मरण गराआफुलाई कुनै वेला खानलाउन पनि गाह्रो पर्ने गरेको कुराको स्मरण गराउदै यस्तो बताएका हुन् ।

उनले भने,’ म आफैं कहिलेकाहीँ आफ्नो इतिहास र विगतलाई फर्केर हेर्छु । म कास्की जिल्लाको ढिकुरपोखरीको गरिब किसान परिवारमा जन्मेको हुँ । घरमा खान(लाउन नपुग्ने भएकाले म ८ वर्षको छँदा परिवार चितवन बसाइँ सरेको थियो । मेरो पढाइ(लेखाइ, हुर्काइ सबै चितवनमा नै भयो, जुन अहिलेको भरतपुर महानगरपालिकामा पर्छ ।

एसएलसी गरेर कलेज पढ्दै गर्दा जीवनमा के चैं लक्ष्य लिने भनेर युवा साथीहरूमा डिबेट हुन्थ्यो । त्यसबेला सबैभन्दा पहिले नेपालको राजनीतिलाई ट्रयाकमा ल्याउनु आवश्यक छ भन्ने निष्कर्षमा हामी पुग्यौं । राजनीति नै धमिलियो भने अरु प्रयासले अपेक्षित परिणाम आउन सक्दैन भन्ने ठहर भयो । निरंकुशताको अन्त्य हुनुपर्छ र सामन्तवादको अन्त्य हुनुपर्छ भनेर हामीले आफ्नो अभियान सुरू गर्‍यौं । त्यसको निम्ति निरन्तर लाग्ने र एउटा विन्दूमा पुगेर देशलाई लोकतान्त्रिक गणतन्त्रमा पुर्याउने सपना देख्यौं र अठोट गर्‍यौं । त्यो अठोट अहिलेसम्म कायम छ ।

२०७९ भदौ २६ १४:३७ बजे

प्रतिक्रिया