उत्तर कोरिया परमाणु हतियार सम्पन्न राष्ट्र स्वघोषणा

उत्तर कोरिया परमाणु हतियार सम्पन्न राष्ट्र स्वघोषणा

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २४ १६:३९ बजे
उत्तर कोरिया

काठमाडौं। उत्तर कोरियाले आफू परमाणु हतियार सम्पन्न राष्ट्र भएको स्वघोषणा गरेको छ ।  आफूले आफैंलाई परमाणु हतियार सम्पन्न राष्ट्र घोषणा गर्दै त्यहाँको सरकारले नयाँ कानुन पारित गरेको समाचार संस्था केसीएनएले जनाएको छ। पारीत गरेको कानुनमा उत्तर कोरियाले आफ्नो रक्षाको लागि परमाणु हतियार प्रयोग गर्नसक्ने उल्लेख छ।

संयुक्त राष्ट्रसंघ, अमेरिका लगायतका राष्ट्रहरुले उत्तर कोरियालाई परमाणु हतियार विकास र परीक्षणमा प्रतिबन्ध लगाएको छ। यद्यपी सन् २००६ देखि २०१७ को अवधिमा उत्तर कोरियाले ६ पटक परमाणु हतियार परीक्षण गरेको छ।

उत्तर कोरियाका सर्वोच्च नेताले आफूसँग परमाणु हतियार भएकाले मात्र कुनै देशले केही गर्न नसकेको बताउने गरेका छन्। 

२०७९ भदौ २४ १६:३९ बजे

प्रतिक्रिया