अब बेलायतमा चार्ल्स तृतीय

अब बेलायतमा चार्ल्स तृतीय

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २४ १६:२६ बजे
चार्ल्स तृतीय

काठमाडौं । बेलायती महारानी एलिजावेथको निधनपछि उनका जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा बनेका छन् । बीबीसीका अनुसार महारानीको निधन भएलगत्तै उनले राजगद्दी सम्हालेका हुन् । यद्यपि उनी राजा बनेको औपचारिक घोषणा भने शनिबार हुने भएको छ । 

उनले चार्ल्स तृतीयको नामबाट शासन गर्ने छन् । उनका चार नामहरु चार्ल्स फिलिप अर्थर जर्जमध्ये उनले कुनै पनि नाम चयन गर्न सक्ने भएपनि उनले आफ्नो नाम चार्ल्स नै रोजेको बीबीसीले जनाएको छ ।

उनी राजा भएसँगै उनकी धर्मपत्नी रानी कमिला ‘क्विन कन्सर्ट’ भएकी छिन् । यद्यपि उनलाई कुनै नयाँ पद नदिइएको बीबीसीले जनाएको छ ।

उनका छोरा राजकुमार विलियमले चार्ल्सको पद ‘ड्युक अफ क्रोनवाल’ र बुहारी केटले कमिलाको पद ‘डचेस अफ क्रोनवाल’ पाएका छन् । बेलायमा शासन व्यवस्था अनुसार त्यहाँको कार्यकारी अधिकार राजाको नाममा प्रधामन्त्री प्रयोग गर्ने शासनप्रणाली रहेको छ । 

२०७९ भदौ २४ १६:२६ बजे

प्रतिक्रिया