प्रेसर र मुटुको औषधि खानेले डेंगु ज्वरो आएको बेलामा लिनै पर्ने सावधानी-डा.ओम मूर्ति अनिल

प्रेसर र मुटुको औषधि खानेले डेंगु ज्वरो आएको बेलामा लिनै पर्ने सावधानी-डा.ओम मूर्ति अनिल

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २४ १५:२९ बजे
डा.ओम मूर्ति अनिल

काठमाडौं । अहिले नेपालमा विभिन्न ठाउँमा डेँगुको संक्रमण बढ्दै गएको छ । डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाईबाट सर्ने सङ्क्रामक रोग हो । डेँगुको भाइरसबाट संक्रमित भएको एडिस रजिष्टाइ जातको पोथीले यो रोग सार्छ ।

यसले स–साना पानी जमेका स्थानमा फूल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फुलदानी गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्दछ । डेंगु एडिस एजिप्टाइ र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव भाइसल संक्रमण हो । यो भाइरस डेंगु–१, डेंगु–२, डेंगु–३ र डेंगु–४ गरी चार प्रकारका हुन्छन् ।

लक्षणहरू 

डेंगु रोग क्लासिक डेंगु हेमोरहेजीक र सोके सिन्ड्रोम गरी तीन प्रकारका छन् । डेङगी गल्तीले डेङ्गु भनि लेखिने ज्वरो लामखुट्टेको टोकाई सर्ने र शितोष्ण र समसीतोष्ण भू–भागमा फैलिने रोग हो । यो रोग डेङ्गी भाइरसका कारण लाग्ने गर्दछ । सामान्यतया डेङ्गी भाइरसको संक्रमण भएको तीन दिनदेखि चौध दिन पछि पछि यसका लक्षणहरु देखिन्छ । यसका प्रमुख लक्षणहरु ज्वरो आउने, टाउको दुख्ने, वान्ता हेन, मांसपेशी तथा जोर्नीहरुमा पिडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् । यो रोग निको हुन दुईदेखि सात दिन सम्म लाग्छ । केही बिरामीहरुमा यो रोग डेङ्गी हेमोरेजिक फिवर विकसित भएर रक्तश्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ । यो अवस्थामा रक्तश्राव मात्र हुने नभई रगतमा प्लेटलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्दछ । त्यस्तै डेङ्गुको अर्को विकसित रुप हो । डेङ्गु सक सिन्ड्रोम पनि हो । यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ ।

केही देशहरूमा डेङ्गुको सङ्क्रमणबाट बचाउनका लागि एउटा खोपलाई मान्यता दिइएको छ तर अहिलेसम्म यसको व्यापारिक उत्पादन गरिएको छैन । डेङ्गुबाट बच्न लामखुट्टेको वासस्थानहरू नष्ट गर्ने तथा लामखुट्टेको टोकाईबाट बच्नु पर्छ डेङ्गु लागेको बेलामा इबुप्रोफिन जस्ता ननस्टेरोइडल एन्टी इन्फ्लामेन्टरी औषधि प्रयोग गर्नु हुँदैन ।

प्रेसर र मुटुको औषधि खानेले डेंगु ज्वरो आएको बेलामा लिनै पर्ने सावधानी

डा। ओम मूर्ति अनिल भन्नुहुन्छ  डेँगुले मानिसको ब्लग प्रेसर घटेर जाने बताउँछन् ।  उनले ज्वरो आएको वेला हामिले  नियमित रुपमा ब्लड प्रेसर चेकजाँच  गर्नु  अनिर्वा हुने  बताउँछन् ।  उनले  प्रेसर र मुटुका रोगीहरूले  यदि डेंगु लागेमा  ब्लड प्रेसर  घट्ने सम्भावना निकै घट्ने सम्भावना  रहेको  हुन्छ ।  जसले  ब्लड प्रेसरको  औषधी  खाई रहेको  छ ति बिरामीहरूले  औषधीको सेवन कम गर्नु पर्ने अत्यन्त जरुरी छ । 

 मुटुको बिरामी भएका मानिसमा  डेंगु भएमा सामान्य व्यक्ति भन्दा धेरै समस्या हुने बताउँदै डा। ओम मूर्ति  अनिल भन्नु हुन्छ,  यदि तताई मुटुको औषधी  खाइरहनु भएको छ भने डाक्टरलाई सोध्नुस् की कति  सम्म औषधी खाने ।  डेंगुका कारण  मानिसको शरिरम प्लेटीलेटको कमी भएर ब्लिडिङ हुने  सम्भावना हुने डा। ओम मूर्ति  अनिल बताउनु  हुन्छ । उनले भने  मलाई पनि एकपटक डेंगु भएको छ यसको  लागि पानि धेरै खाने आराम गर्ने गर्नुप्रर्दछ ।  उनले भने यसको लागि घरमैै डाक्टरको  सल्लाह अनुसार उपचार गरे सहजै राम्रो हुने  बताउँछन् ।   

२०७९ भदौ २४ १५:२९ बजे

प्रतिक्रिया