रोबोटले बनाएको महारानी एलीजावेथको तस्बीर

रोबोटले बनाएको एलीजावेथको तस्बीर

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २४ १४:३३ बजे
महारानी एलीजावेथ

काठमाडौं । वेलायती महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा निधन भएको हो।

उनी बेलायतमा सबभन्दा लामो समय,७० वर्ष सात महिना अवधिक शासन गर्ने महारानी हुन्। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। अब उनीपछि उनका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्नेछन्। रानी एलेजावेथका चार्ल्ससहित चार सन्तान छन्।उनका श्रीमान राजकुमार फिलिपको सन् २०२१ अप्रिलमा निधन भएको थियो। त्यसको पाँच वर्षपछि एलिजावेथ बेलायतकी महारानी बनेकी थिइन्। राजकुमार फिलिपको निधन भएको एक वर्ष नबित्दै महारानी एलिजावेथको निधन भएको हो ।

रोबोटले  बनाएको एलीजावेथको तस्बीर 

 केहि समय अघि एक रोबोटले चित्रकारी गरेको ब्रिटेनकी महारानीको तस्बिर सार्वजनिक गरीएको थियो । 

एआई-डा नामको आर्टिफिशल इन्टेलिजन्स रोबोटले एल्गोरीदम क्वीन नामक तस्बिर  बनाएको हो । त्यो रोबोटको नाम गणितिज्ञ तथा कम्प्युटरको पहिलो प्रोग्रामर मानिएकी वैज्ञानिक एडा लभलेसको सम्मानमा राखिएको थियो । 

एल्गोरीदम क्वीन चित्र भने एआई-डाले चित्रकारी गरेको विभिन्न तहलाई मिलाएर बहुआयामिक बनाइएको छ।

सो रोबोटको चित्रकारितालाई महारानीको ७० वर्षे शासनकालमा भएका विभिन्न प्राविधिक परिवर्तनहरूलाई प्रतिबिम्बित गर्ने गरी तयार गरिएको  छ।

अक्सफर्ड र बर्मिङ्घम विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकहरूले यसको सीप विकास गरेका हुन्।

मेलर भनेका थिए,महारानीलाई ७० वर्षको सेवाका लागि धन्यवाद। महारानीको यो विशेष अवसरका लागि एआई(डा रोबोट तयार भएकोमा हामी खुसी छौँ।'हामी अभूतपूर्व प्राविधिक समयमा छौँ र महारानीको शासनकालमा के परिवर्तन भयो भनेर केही समय सोच्न पाउने मौका पाएकोमा हामी आनन्दित छौँ।'

'एआई-डा रोबोटले चित्र कोरेको एल्गोरीदम क्वीनले उनको जीवनकालमा कति प्रगति भयो भन्ने कुरा देखाउँछ र उनको सेवालाई सम्मान गर्ने गजबको चीज हो।'महारानीको चित्र लन्डनमा सार्वजनिक प्रदर्शनीमा राखिने  बताइएको थियो  ।  

रोबोटले कोरेको चित्र

२०७९ भदौ २४ १४:३३ बजे

प्रतिक्रिया