नागरिकता विधेयक प्रमाणीकरण नभए राष्ट्रपतिलाई राजीनामा दिनुपर्छ भनेको छु : प्रचण्ड

नागरिकता विधेयक प्रमाणीकरण नभए राष्ट्रपतिलाई राजीनामा दिनुपर्छ भनेको छु : प्रचण्ड

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २४ १२:१६ बजे
प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पास नगवरे राजिनामा दिनुपर्ने बताएका छन् । शुक्रवार पोखरा पुगेका उनले राष्ट्रपतिसँग नागरिकता विधेयक प्रमाणीकरण गर्नुबाहेकको विकल्प नरहेको बताएका छन् । 

नेकपाको सरकारहुँदा केपी शर्मा ओलीले ल्याएको प्रस्तावसहितको विधेयक ल्याएको भन्दै उनले विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिने अवस्था सिर्जना हुने  बताएका छन् । 

प्रचण्डले भने, 'ओलीले प्रस्ताव लाँदा त्यही प्रस्ताव प्रमाणित गर्नुभएको थियो राष्ट्रपतिले आउनासाथ सोच्दै नसोचीकन भनेको जस्तो गरि प्रमाणीकरण गर्नुभएको थियो। केही दिनअघि उहाँसँग भेटेर कुरा गर्दा उहाँ यो विषयलाई ठूलै राजनीतिक विषय बनाउने मोडमा रहेको देखेको थिएँ। त्यसकारण नगर्ने सम्भावना पनि छ। त्यसो भए एउटा कुरा अदालतमा जान्छ। अदालतको फैसला पछि अघि बढ्छ। दोस्रो उहाँले राजीनामा दिने हो। मैले त भनेको पनि थिएँ, राष्ट्रपतिजीलाई यदी तपाईले दोस्रो पटक पनि प्रमाणीकरण गर्नुभएन भने कि राजीनामा कि अदालतमा जान्छ। यी दुई वटा हुनसक्छ।'

२०७९ भदौ २४ १२:१६ बजे

प्रतिक्रिया