भारतद्वारा क्विक रियाक्सन मिसाइलको सफलतापूर्वक परीक्षण

भारतद्वारा क्विक रियाक्सन मिसाइलको सफलतापूर्वक परीक्षण

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २३ १३:२७ बजे
क्विक रियाक्सन मिसाइल

 काठमाडौं । भारतको रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) र भारतीय सेनाले सतहबाट हावामा मार हान्न सक्ने क्विक रियाक्सन मिसाइलको  परिक्षण गरेको छ । भारतले सबै ६  मिसाइलको सफल परीक्षण गरेको हो । 

डीआरडीओले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट गरेको एक ट्वीटमा ओडिशाको चाँदीपुर स्थित इन्टिग्रेटेड टेस्ट रेञ्जबाट बिहीबार गरिएको ताजा परीक्षण भारतीय सेनाको मूल्यांकन अभ्यासको हिस्सा भएको  जनाएको छ । मिसाइलले यस दौरान आफ्नो लक्ष्यलाई सटिक निशाना बनाएको थियो । यस मिसाइललाई ड्रोनजस्ता पाइलटरहित यानलाई ध्वस्त पार्न बनाइएको हो । 

क्विक रियाक्सन मिसाइलमा प्रयोग गरिएका सबै उपकरण भारतमा नै तयारी गरिएको थियो । 

२०७९ भदौ २३ १३:२७ बजे

प्रतिक्रिया