चीन माथिको निर्भरता घटाउन अमेरिकाले ५० अर्ब डलर लगानी गर्ने

चीन माथिको निर्भरता घटाउन अमेरिकाले ५० अर्ब डलर लगानी गर्ने

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २२ १६:५५ बजे
चीन

 काठमाडौं ।अमेरिकामा बाइडन सरकारले सेमीकन्डक्टर उद्योग (कम्प्युटर चिप्स) मा ५० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । यस क्षेत्रमा चीनमाथिको निर्भरता अन्त्य गर्नका लागि यो कदम उठाइएको बताइएको छ । अमेरिकाले अहिले सेमी कन्डक्टरको उत्पादन गर्दैन । जबकि अमेरिका विश्वभर बन्ने ३० प्रतिशत चिप्सको उपभोक्ता हो ।

यसमध्ये कयौँ विद्युतीय चिप्स देशको सुरक्षाका लागि महत्त्वपूर्ण मानिन्छ । राष्ट्रपति जो बाइडनले पछिल्लो महिनामात्र यस उद्योगमा चीनको वर्चश्वमा चुनौती दिनका लागि २ खर्ब ८० अर्ब अर्ब डलरको एक चिप्स विधेयकलाई मन्जुरी दिएका थिए । 

पछिल्लो एक वर्षमा अमेरिकामा कम्प्युटर चिप्समा भारी कमी आएको छ । यसले कार उद्योगलाई ठुलो घाटा भएको छ । यसको साथै घरेलु सामानको उत्पादन पनि प्रभावित बनेका छन् । अमेरिकी वाणिज्य मन्त्री जीना रेमोन्डोले अमेरिकी अर्थ व्यवस्था र सेना कम्प्युटर चिप्समा निर्भर रहेको बताउँदै यस क्षेत्रमा गरिने लगानीले भविष्यमा यसको उत्पादनमा अमेरिकाले विश्वसँग प्रतिस्पर्धा गर्न पाउने बताइन् ।

सेमिकन्डक्टर उद्योगका लागि ताइवान सबैभन्दा ठुलो उत्पादक हो । विश्वको दुई तिहाइ सेमी कन्डक्टर ताइवानमा नै बन्छ । कयौँ अमेरिकी कम्पनीहरूले आफ्नो देशमा चिप्सको डिजाइन गरे पनि त्यसको उत्पादन एसिया, त्यसमा पनि विशेष गरेर ताइवानमा गर्छन् । एजेन्सी 

२०७९ भदौ २२ १६:५५ बजे

प्रतिक्रिया