‘म प्रचण्डको कडा ओलोचक हुँ' भनेका जनार्दनलाई प्रचण्डले दिए यस्तो जवाफ

‘म प्रचण्डको कडा ओलोचक हुँ' भनेका जनार्दनलाई प्रचण्डले दिए यस्तो जवाफ

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २२ १५:१५ बजे
प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पार्टीमा राम्रो उत्तराधिकारी तयार गर्ने भुमिका निभाई रहेको बताएका छन् ।

 प्रचण्डले बुधबार अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै  पार्टीका नेताहरुको रक्षा गर्ने र हुर्काउन आफूले मुख्य भूमिका रहेको बताएका हुन् । 

उक्त कार्यक्रममा माओवादी केन्द्रमा उपमहासचिव  जनार्दन शर्माले आफू अध्यक्ष प्रचण्डको सबैभन्दा कडा आलोचक पनि रहेको र सबै भन्दा ठूलो रक्षक भएको बताएका थिए । त्यही प्रसङ्गमा जर्नादनाई समेत प्रचण्डले जवाफ दिएका थिए ।

 उनले भने, ‘जनार्दनले जाँदा जाँदै भन्नु भयो नीति र नेतृत्वको रक्षाको कुरा, जर्नादनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो,’ उनले भने। अबको आफ्नो सपना पार्टीमा राम्रो उत्तराधिकारी तयार बनुन भन्ने रहेको बताए ।

‘अब मेरो सपना राम्रो उत्तराधिकारी तयार होऊन्, तिनले पार्टीलाई एकताबद्ध गरेर लैजाऊन्, तिनले तामाम क्रान्तिकारीलाई सही स्कुलिङ गरून्। र, हाम्रो विरासत, हाम्रो क्रान्तिकारी परम्परालाई अगाडि बढाऊन्, ठूलो छाती लिएर सबै अगाडि बढून भन्ने छ,’ प्रचण्डले भने।

२०७९ भदौ २२ १५:१५ बजे

प्रतिक्रिया