पल शाहको फैसला बहस , सफाइ पाउलान् त:

पल शाहको फैसला बहस , सफाइ पाउलान् त:

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २१ १७:२४ बजे

काठमाडौं । नवलपुर जिल्ला अदालतमा नायक पल शाहको बलात्कारसम्बन्धी मुद्दा फैसला गर्न बहस भइरहेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासमा बहस भइरहेको छ।

शाहको तर्फबाट ६्७ जना कानुन व्यवसायीले बहसका लागि वकालतनामा भरेका थिए । बिहानदेखि बहस सुरु भएको छ । इजलासले शाहविरुद्ध लागेको आरोप ठहर्ने वा नठहर्नेमध्ये एउटा फैसला गर्नेछ ।

शाहलाई न्यायाधीश आचार्यले सफाइ दिएको अवस्थामा पनि उनी मंगलबार नै नछुट्ने स्रोतको दाबी छ । तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेकाले उनी थुनामै रहनुपर्ने स्रोतले  बताएको छ । 

२०७९ भदौ २१ १७:२४ बजे

प्रतिक्रिया