बोडेमा थाल ठटाएर सुकुम्बासीद्वारा विरोध प्रदर्शन, होल्डिङ सेन्टर पुग्यो प्रहरी

bimbonline बिम्ब अनलाइन
२०८३ मंसिर ११ १४:४० बजे

काठमाडौं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा प्रहरीको टोली पुगेको छ । सेन्टरमा बसिरहेका सुकुमबासीहरुले थाल ठटाएर विरोध प्रदर्शन गरेपछि प्रहरी टोली पुगेको हो ।

स्थानीय प्रशासनले सेन्टरमा बसेका सुकुमबासीहरुलाई आज २ बजेसम्ममा सो स्थान छाड्न निर्देशन दिएको छ । आवासको विकल्पबिना होल्डिङ सेन्टरबाट हटाउन खाजेको भन्दै उनीहरूले थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन् ।

२०८३ मंसिर ११ १४:४० बजे

प्रतिक्रिया