चिसोमा रुघाखोकीको जोखिमबाट यसरी बच्नुस्

bimbonline बिम्ब अनलाइन
२०८३ मंसिर ११ १८:३० बजे

काठमाडौँ । हिउँदको चिसो बढ्दै गएसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वास सम्बन्धी समस्याका बिरामी बढ्ने जोखिम बढ्दै गएको छ । केही सावधानी अपनाएर यस्ता समस्याबाट धेरै हदसम्म छुटकार पाउन सकिन्छ ।

हिउँदमा तापक्रम घट्दा शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ । साथै मानिसहरू बन्द कोठामा बढी समय बिताउने भएकाले भाइरसहरू सजिलै एकबाट अर्कोमा सर्ने जोखिम बढ्छ । विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दमजस्ता दीर्घ रोग भएका व्यक्तिहरू बढी जोखिममा हुन्छन् ।

चिसोबाट बच्न एउटै बाक्लो कपडा लगाउनु राम्रो मानिन्छ । टाउको, कान, घाँटी, हात र खुट्टा न्यानो राख्नुपर्छ । बिहान र साँझ घरबाहिर निस्कँदा टोपी, मफलर र मोजा प्रयोग गर्न विशेषज्ञहरू सुझाव दिन्छन् । भिजेका कपडा तुरुन्त फेर्नुपर्छ । जाडोबाट जोगिन यतीले मात्रै हुँदै यसका लागि विशेष जीवनशैली अपनाउनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । त्यो जीवनशैलीको बारेमा जानौँ । 

जीवनशैली
-दिनमा घाम लागेको समयमा केही बेर घाममा बस्ने र हल्का व्यायाम वा हिँडडुल गर्ने ।
-पर्याप्त निद्रा (वयस्कलाई सामान्यतया ७–८ घण्टा) लिने ।
-धुम्रपान र मदिरा सेवनबाट टाढा रहने, किनकि यसले श्वासप्रश्वासलाई थप कमजोर बनाउँछ ।
-कोठामा हावाको आवागमन हुने गरी बेलाबेला झ्यालढोका खोल्ने ।
-कोइला, दाउरा वा ग्यास बालेर कोठा तताउँदा धुवाँ जम्मा नहुने व्यवस्था मिलाउने, किनकि बन्द कोठामा यस्तो तापले विषाक्त ग्यास (कार्बन मोनोअक्साइड) बन्ने जोखिम हुन्छ ।

खानपान

न्यानो पानी, सुप, दाल, तातो चिया तथा तरकारी र मौसमी फलफूलको सेवन गर्दा शरीरलाई ऊर्जा र पोषण मिल्छ । सुन्तला, कागती जस्ता भिटामिन 'सी' पाइने फलफूल उपयोगी हुन्छन् । पर्याप्त पानी पिउनाले घाँटी सुक्न दिँदैन । धेरै चिसो खानेकुरा र चिसो पेय पदार्थ भने कम गर्नु उचित हुन्छ ।

 

२०८३ मंसिर ११ १८:३० बजे

प्रतिक्रिया