संसदको आयु कुनै हालतमा लम्बिँदैन : प्रचण्ड

संसदको आयु कुनै हालतमा लम्बिँदैन : प्रचण्ड

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २१ १३:१४ बजे
प्रचण्ड

 काठमाडौं ।  सत्तारुढ प्रमुख दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको आयु कुनै पनि हालतमा नलम्बिने  बताएका छन् । आज  धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै   प्रचण्डले संसदको आयु नलम्बिने बताएका हुन् ।

प्रचण्डले भने, ‘संसदको आयु लम्ब्याउनु हुँदैन, मनोनयनपछि संसद् रहँदैन,मङ्सिर ४ गते चुनाव हुन्छ । मङ्सिर ४ पछि संसद् रहँदैन,यसमा कुनै द्विविधा छैन।’ आगामी निर्वाचनका लागि उम्मेदवार मनोनयनपछि यो संसद नरहने  प्रचण्डले बताएका छन् ।  

सीट सङ्ख्यामा आ(आफ्नै दावी रहने भन्दै प्रचण्डले काँग्रेसले शुरुमा सय सीट भने पनि अहिले ८० को वरिपरि आउने सम्भावना रहेको र माओवादी केन्द्रले ६० मा दाबी गरे पनि ५० सिट वरिपरिको सङ्ख्या हुनसक्ने  बताए ।  त्यस्तै नेकपा एकीकृत समाजवादी र बाबुराम भट्टराईको नेसपालाई पनि २५ सीटको वरिपरिमा नै सहमति खोजिने जानकारी दिए।

२०७९ भदौ २१ १३:१४ बजे

प्रतिक्रिया