दुई वर्षे ‘कुलिङ अफ पिरियड’ लागू गर्दै कानुन व्यवसायी परिषद
पेशागत दक्षता मर्यादा तथा कार्यक्षमताको वृध्दिगर्ने , दलाली विचौलिया नाजायज सम्वन्ध एव प्रभावमा कमि ल्याउने अधिवक्ता लालवहादुर जाग्रीले वताएका छन।
धनगढि । नेपाल कानुन व्यवसायी परिषद्ले सरकारी सेवाबाट अवकाश पाएका पदाधिकारी तथा कर्मचारीले दुई वर्षपछि मात्रै कानुन व्यवसायमा प्रवेश गर्न पाउने गरी दुइ वर्षे ‘कुलिङ अफ पिरियड’ लागू गर्न लागेको छ । परिषदले अवकाश पाए लगत्तै कानुन व्यवसायमा प्रवेश गर्दा स्वार्थको द्वन्द्व उत्पन्न हुन सक्ने र निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने जनाउँदै ‘कुलिङ अफ पिरियडको व्यवस्था गरेको उल्लेख गरेको छ ।
परिषद्को मंसिर १ गते बसेको बैठकले आन्तरिक कार्य व्यवस्था सञ्चालन नियमावली, २०५५ को नियम १३ मा संशोधन गरी दुई वर्षे कुलिङ अफ पिरियडको व्यवस्था गरेको हो ।
परिषद्ले जारी गरेको सूचनाअनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको सेवामा स्थायी नियुक्ति पाई कार्यरत निजामती कर्मचारी, न्यायाधीश वा न्याय सम्पादनको कार्यमा संलग्न व्यक्ति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेनामा कार्यरत व्यक्तिले जागिर छाडेको दुई वर्षपछि मात्रै वकालत गर्न पाउनेछन् । परिषदको यो निर्णयले कानुनी क्षेत्रमा के कस्तो असर पर्छ भन्नेबारेमा प्रतिक्रियाहरु आइसकेको छैन । तर स्वस्थ मनसायका साथ अवकाश पछि व्यवसायमा प्रवेश चाहनेहरुलाई भने पक्कै असर गर्नेछ ।
यसले पेशागत दक्षता मर्यादा तथा कार्यक्षमताको वृध्दिगर्ने , दलाली विचौलिया नाजायज सम्वन्ध एव प्रभावमा कमि ल्याउने अधिवक्ता लालवहादुर जाग्रीले वताएका छन।
प्रतिक्रिया