संगीतकार संघ नेपालको अध्यक्षमा चेतन सापकोटा चयन

संगीतकार संघ नेपालको अध्यक्षमा चेतन सापकोटा चयन

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २० १३:०८ बजे
चेतन सापकोटा

काठमाडौं । नेपाली संगीत सर्जकको छाता संस्था संगीतकार संघ नेपालले नयाँ  अध्यक्षमा  चेतन सापकोटा चयन भएका छन् । संघको ११औं वार्षिक साधारण सभा संगीतकार चेतन सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएका हुन् ।

सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा अष्ट लामा, प्रथम उपाध्यक्षमा सुदाम थापा, द्वितीय उपाध्यक्षमा राजन ईशान चयन भएका छन् । संगीतकार संघ नेपालको महासचिवमा वसन्त सापकोटा, सचिवमा प्रल्हाद बोगटी, कोषाध्यक्षमा राजेश थापा निर्विरोध चयन भएका छन् । संघको कार्यसमिति सदस्यमा चयन भएका संगीतकारहरूमा अर्जुन पोख्रेल, राजनराज सिवाकोटी, शंकर थापा स्माइल, दिनेश बान्तवा राई रहेका छन् ।

संगीतकार संघ नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले ११औं साधारण सभामा संघले नेपाली संगीतकर्मीलाई एकतामा ल्याएको बताएका छन् ।

नवनिर्वाचित अध्यक्ष चेतन सापकोटाले आफु संगीतकर्मीको हकहितका लागि लागिपर्ने  बताएका छन् । संगीत विकास बोर्ड स्थापनालगायत संगीतकर्मीहरूको हितका लागि थुपै्र योजना ल्याउने पनि उनले  बताएका छन् ।


२०७९ भदौ २० १३:०८ बजे

प्रतिक्रिया