अफगानिस्तान र चीनमा छुट्टाछुट्टै भूकम्पमा परी ८ जनाको मृत्यु

अफगानिस्तान र चीनमा छुट्टाछुट्टै भूकम्प परी ८ जनाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २० १२:२९ बजे
भूकम्प

काठमाडौं । अफगानिस्तानमा भूकम्प जाँदा ८ जनाको  ज्यान गएको छ । सोमबार बिहान अफगानिस्तानको नानगरहर र कुनर क्षेत्रलाई केन्द्रविन्दु  भएरि भुकम्प गएको हो । ५.१ म्याग्निच्युडको भुकम्प गएको स्थानिय सञ्चारमाध्यमले जनाएका छन् । 

यस्तै, चीनमा पनि आइतवार भूकम्प गएको छ। ६.८ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु सिचुवान प्रान्तमा रहेको बताइएको छ। भूकम्पका कारण मानिसहरु घर बाहिर निस्किएका थिए। सो भूकम्पपछि अर्को ४.२ म्याग्निच्युडको भूकम्प पनि गएको छ। त्यसको केन्द्रविन्दु लुदिङ नजिकैको यान शहरमा रहेको थियो।

२०७९ भदौ २० १२:२९ बजे

प्रतिक्रिया