इनम सापकोटा प्रकरण बालेनका लागि अग्निपरीक्षा : कमल थापा

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक १४ १५:२५ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बिचौलिया इनम सापकोटा प्रकरण प्रधानमन्त्री बालेन शाहका लागि अग्निपरीक्षा बनेको बताएका छन् ।

जनताले व्यवस्था परिवर्तन र सुशासनको अपेक्षासहित बालेन शाहको पक्षमा मतदान गरेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् । उनले शक्तिकेन्द्रलाई समेत प्रभाव पार्न सक्ने बिचौलियाको जालो भत्काउन प्रधानमन्त्री शाह सफल हुन्छन् वा त्यससँग सम्झौता गर्छन् भन्दै प्रश्न गरेका छन् ।

‘शक्तिकेन्द्र नै हल्लाउने यो बिचौलिया जालो भत्काएर उनी यो परीक्षामा उत्तीर्ण होलान् कि सम्झौता गर्लान् रु त्यो हेर्न बाँकी नै छ,’ थापाले लेखेका छन्।

उनले भनेका छन्, ‘बिचौलिया इनम सापकोटा प्रकरण प्रम बालेन शाहका लागि अग्निपरीक्षा बनेको छ। जनताले व्यवस्था बदल्ने र सुशासन दिने विश्वासका साथ बालेन शाह पक्षमा मतदान गरेका हुन्। शक्तिकेन्द्र नै हल्लाउने यो बिचौलिया जालो भत्काएर उनी यो परीक्षामा उत्तीर्ण होलान् कि सम्झौता गर्लान्रु त्यो हेर्न बाँकी नै छ ।’

२०८३ कात्तिक १४ १५:२५ बजे

प्रतिक्रिया