इजरायलमा गठवन्धनको सरकारको सम्भावना

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक १३ १०:३६ बजे

इजरायलमा भएको संसदीय चुनावपछि नयाँ सरकार गठन गर्ने विषयमा देखिएको राजनीतिक अन्योल कायमै छ ।गठवन्धनको सरकार वन्ने सम्भावना पनि रहेको छ।

वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको गठबन्धन र विपक्षी गठबन्धन दुवैले स्पष्ट संसदीय बहुमत प्राप्त गर्ने अवस्था नदेखिएपछि अरब नेतृत्वका राजनीतिक दलहरू सरकार गठनको समीकरणमा निर्णायक बन्न सक्ने देखिएका छन् ।

चुनावपछिको पछिल्लो मतगणनामा नेतान्याहू नेतृत्वको गठबन्धनले १२० सदस्यीय संसद्मा ५३ सिट प्राप्त गर्ने अनुमान छ भने पूर्वसैन्य प्रमुख गादी आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनले ४८ सिट पाउने देखिएको छ ।अरब नेतृत्वका जोइन्ट लिस्ट र राआम दलले संयुक्त रूपमा १९ सिट प्राप्त गर्ने प्रारम्भिक अनुमान छ । सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ । यद्यपि, यी परिणाम अन्तिम भइसकेको छैन ।  

अरब समुदायको प्रतिनिधित्व गर्ने जोइन्ट लिस्ट गठबन्धनका वरिष्ठ सांसद अहमद तिबीले नेतान्याहूलाई सत्ताबाट हटाएर वैकल्पिक सरकार गठन गर्ने विषयमा विपक्षी गठबन्धनसँग वार्ता भइरहेको बताउनुभएको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।



२०८३ कात्तिक १३ १०:३६ बजे

प्रतिक्रिया