हेरिरहनु होला चुनावपछि म सडकमा जान्छु : प्रचण्ड

हेरिरहनु होला चुनावपछि म सडकमा जान्छु : प्रचण्ड

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १९ १७:३९ बजे
प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावपछि आफू सडकमा जाने बताएका छन् । उनले  अहिलेको प्रणाली फेर्न आफु सडकमा जाने बताएका हुन् । मार्क्सवादी ज्ञान केन्द्रले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिलेका शासन प्रणाली र चुनाव प्रणाली फेर्न सडकमा जानुको विकल्प नभएको बताएका छन् । 

‘हेरिरहनु होला चुनावपछि म सडकमा जान्छु । समाजवादमा जाने जुन परिकल्पना मैले गरेको छु त्यसका लागि यो मेसिनरी बदल्न जरुरी छ,ु  प्रचण्डले भने । शासन प्रणाली र चुनाव प्रणाली बदल्न जनतामा जानुको विकल्प छैन र त्यो आन्दोलन हुनेछ । हेर्नुहोला त्यो कसरी हुन्छ । हामीबाहेक अरुले सक्दैनन्, अरुले गर्ने आन्दोलन त प्रतिगमन हो ।’

अध्यक्ष प्रचण्डले हालै संसदीय समितिमा चोलेन्दशमसेर जबराले आफू सडकबाट पनि घेराबन्दीमा परेको प्रसंग निकाल्दै त्यो घेराबन्दी आफूले नै गरेको दाबी गरे ।

उनले घनश्याम भुसालले तीन-चार वर्षभित्र उथलपुथल हुन्छ भनेपनि त्यो उथलपुथल १ वर्षभित्रै हुने र त्यसको नेतृत्व आफैंले गर्ने बताए ।

२०७९ भदौ १९ १७:३९ बजे

प्रतिक्रिया