काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित हासिल गरेको छ ।
चितवनले दिएको १५८ रनको लक्ष्य पछाएको विराटनगरले १९.३ ओभरमा १४९ रन बनाउँदै अल आउट भएको हो ।
विराटनगरका लागि इमरान सेखले सर्वाधिक ३९ रन बनाएका थिए भने आन्द्रे रसेलले ३३ रन बनाएका थिए । त्यस्तै लोकेश बमले २६ र अन्गेलो म्याथ्युजले १४ रन बनाएका थिए ।
त्यस्तै चितवनका बलर कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिएका थिए भने रिजन ढकालले २ विकेट लिएका थिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।
चितवनका लागि डेविड मलानले सर्वाधिक ७० रन बनाए भने देव खनालले १२ रन बनाउँदै स्टम्पिङ आउट भए । कप्तान रवि बोपारा ३२ र डान मुस्ले २९ रनमा अविजित रहेका थिए । त्यस्तै, विराटनगरका लागि एन्जेलो म्याथ्यूस, आन्द्रे रसेल र चारिथ आसालंकाले १-१ विकेट लिएका थिए । एनपीएल अन्तर्गत आजको दोस्रो खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुदैछ ।
प्रतिक्रिया