एनपीएल : लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ८७ रनमा गर्‍यो अलआउट

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक १० १८:३९ बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ । तेस्रो संस्करणअन्तर्गतको पहिलो खेलमा सुदूरपश्चिमले १७.२ ओभरमा मात्र ८७ रन जोड्न सक्यो ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका लागि किशोरी महतोले चार, शेर मल्लले तीन, शाड्ली भानले एक, तिलकराज भण्डारी र रोहितकुमार पौडेलले एक विकेट लिए । सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन जोडे । उनले २३ बलको सामना गरेका थिए ।

कप्तान ऐरीपछि शैफ अली जैबले १४ बलमा १३ जोडे । अन्य खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि विनोद भण्डारीले ९, इशान पाण्डेले ७, ब्रान्डन म्याकमुलेन २ र शेरफन रदरफोर्डले १ रन बनाए । आरिफ शेख, स्कट कुगेलेइन र हेमन्त धामी शून्य रनमा आउट भए ।




२०८३ कात्तिक १० १८:३९ बजे

प्रतिक्रिया