कांग्रेस महाधिवेशन : पत्रकारलाई खुलामञ्च र राष्ट्रिय सभागृहमा प्रवेशमा रोक

bimbonline बिम्ब अनलाइन
२०८३ असोज २२ १५:२८ बजे

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि मतदान हुने कार्यक्रम छ । दिउँसो साढे २ बजेबाट मतदान सुरु गर्ने भनिएपनि अहिलेसम्म सुरु भएको छैन ।

यता मतदान सुरु हुनुअघि खुलामञ्च र राष्ट्रिय सभागृहमा सुरक्षा कडा पारिएको छ । जहाँ पत्रकारलाई समेत प्रवेशमा रोक लगाइएको छ ।

कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई पनि अहिलेसम्म दुवै ठाउँमा प्रवेश गर्न दिइएको छैन । मतदान स्थलमा अहिले बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।


२०८३ असोज २२ १५:२८ बजे

प्रतिक्रिया