ओलीले अध्यक्ष नछोड्ने सन्देश सहितको अपानि जारी

bimbonline बिम्ब अनलाइन
२०८३ असोज २० १५:०७ बजे
काठमाडौं । नेकपा एमालेले २१ फागुनको चुनावी हारलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रूपमा लिन नहुने निष्कर्ष जारी गरेको छ ।
तेस्रो केन्द्रीय कमिटी बैठकपछि जारी अपानिमा पार्टीको हारलाई समग्र परिस्थितिसँग विश्लेषण गर्नुपर्ने उल्लेख गरिएको छ । ‘हार बाह्य प्रहारको मात्र परिणाम होइन, हार हाम्रो आन्तरिक कमजोरीको परिणाम पनि हो । तर हार अध्यक्षको व्यक्तिगत असफलता होइन,’ अपानिमा लेखिएको छ, ‘यो सिङ्गो पार्टी संरचना, समयको मनोविज्ञान, बाह्य बातावरण, डिजिटल आक्रमण, चुनावी अवस्था र हाम्रा संगठनात्मक कमजोरीहरुको संयुक्त परिणाम हो ।’
अपानिमा ओलीले आफ्नो भागमा पर्ने हारको जिम्मेवारी लिने उल्लेख गरेका छन् । तर अध्यक्ष नछोड्ने तर्क राखेका छन् । ‘अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवारी स्वीकार गर्छ । तर म यो पनि भन्छु– यो समय भाग्ने समय होइन, यो समय दोषारोपणमा अल्झिने समय पनि होइन,’ ओलीले लेखेका छन् ।
२६ पृष्ठको अपानिमा केन्द्रीय कमिटीले गरेको मनोनीत लगायतका केही निर्णय सहित आफ्ना मन्तव्य समावेश गरेका छन् ।
२०८३ असोज २० १५:०७ बजे

प्रतिक्रिया