काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि सुरु भएको छ । महाधिवेशन काठमाडौंको खुलामञ्चमा उद्घाटन सत्र सुरु भएको हो ।
‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्प: समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु भएको हो । महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मङ्गलवार (१९–२० असोज) हुने छन् ।
निर्वाचन कार्यक्रमका लागि २१ र २२ असोज तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिले शुक्रवार र शनिवार महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता (रजिस्ट्रेसन) गरेको छ ।
महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ताका लागि ३५ सय रुपैयाँ तोकिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।नाम दर्ता गर्ने प्रतिनिधिहरूलाई कांग्रेसले झोला दिएको छ । झोलामा पार्टी विधान, डायरी, डटपेन, खाना, खाजा र नास्ताको लागि कुपन र प्रतिनिधि कार्ड राखिएको छ ।
प्रतिक्रिया