देउवा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित

bimbonline बिम्ब अनलाइन
२०८३ असोज १६ १५:५६ बजे

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

कांग्रेसको संस्थापन इतर पक्षले बिहीबारदेखि सुरु गरेको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशनबाट देउवा डडेलधुराबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ बाट देउवा सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन् । काठमाडौँमै रहेका देउवाले वारेसनामामार्फत क्षेत्रीय प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गराएका थिए । 

डडेलधुराका ५२ वडामध्ये ३० वडामा अधिवेशन सम्पन्न भइसकेको र बाँकी वडामा शुक्रवार र शनिवार अधिवेशन हुने डडेलधुरा कांग्रेसका उपसभापति तथा जिल्ला संयोजक दिल्लीराज जोशीले जानकारी दिए । 


२०८३ असोज १६ १५:५६ बजे

प्रतिक्रिया