शत्रुको लात सहने, साथीको बात नसहने काम बन्द गरौं : ओली

bimbonline बिम्ब अनलाइन
२०८३ असोज १४ १८:४२ बजे
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आन्तरिक एकता बनाउनुपर्ने बताएका छन् । बुधबार पार्टीका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौं,’ओलीले भने, ‘सानातिना असमझदारी छाडेर साझा सङ्कल्पका साथ एमाले एकजुट भई अघि बढ्नुपर्छ ।’ उनले एमालेभित्र कुनै समस्या नरहेको दाबी गर्नुभन्दा संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै अघि बढ्नुपर्ने बताए । 

विरोधीहरूले एमाले विभाजित हुने अपेक्षा गरे पनि पार्टी विचार र संगठनका हिसाबले एकढिक्का रहेको ओलीको भनाइ रहेको छ । 

अहिलेको आवश्यकता लोकतान्त्रिक अधिकारको रक्षा र आगामी निर्वाचनको तयारीलाई पार्टीले प्राथमिकता दिनुपर्ने रहेको उनले बताए । ‘हामी एउटा मोर्चामा हारेका मात्र हौं । सत्य हाम्रै पक्षमा छ, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,’ ओलीले भने ।

२०८३ असोज १४ १८:४२ बजे

प्रतिक्रिया