बाजुरामा विगत तीन दिनदेखि रोकिएका सवारी साधन पुनः सुचारु भएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले भारी वर्षाको सम्भावना रहेको जनाएपछि असोज ९ देखि ११ गते सम्म यहाँ चल्ने गरेका सबै सवारी साधान आगमन कार्यमा रोक लगाएको थियो ।
जिल्ला प्रशासन कार्यालय, बाजुराले आज देखि मौसममा केही सुधार आएको भन्दै विगत तीन दिन सम्म रोक्दै गरेका सवारी साधनलाई आज पुनस् सुचारु गरिएका हुन् ।
बाजुरालाई जोखिममा राखेकोले यहाँ सवारी साधान आवागमन कार्यमा पनि केही दिन रोक लगाएका थियौ । आज देखि औसममा सुधार देखिएपछि ती सवारी साधान पुन सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो । उहाँले भन्नभुयो, “ जिल्लाका विभिन्न ठाउँमा भारी वर्षा भएपनि त्यसले यहाँ भौतिक तथा मानवीय रुपमा खासै केही क्षति गरेको छैन । ”
सवारी साधान सुचारु गर्दा यहाँको सडकमा खासै केही समस्या नहुने देखिएपछि याँ चल्ने गरेका लामो तथा छोटा दूरीका सबै सवारी साधानलाई पुन सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो ।गोरखापत्र अनलाइन
प्रतिक्रिया