नेपाली राज्य स्वाधिन छैन सरकारले असँलग्न निति विपरित काम गरिरहेको छ-परि थापा स्थायी समिति सदस्य

bimbonline बिम्ब अनलाइन
२०८३ असोज ८ १९:०८ बजे

महेन्द्रनगर।क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य परि थापाले आज कञ्चपुरको महेन्द्रनगरमा पत्रकारहरु सँग  भेटघाट गर्दै काँग्रेस एमाले   माओवादी केन्द्रले सरकार चलाउदा अमेरिका - भारतका दलाल पालैपालो गरेपनि विदेशहरुले चाहे जति प्रयाप्त दलाली पुर्याउन न सकेका कारण नयाँ दलाल (रास्वापा) पार्टी लाई जेन्जी आन्दोलनका माध्यम वाट सरकारमा पुर्याएका वताएका छन।

उहाँले अगाडी भन्नु भयो अहिलेको सरकारले  कानुनी सहायता सम्झौताका  नाममा सुपुर्दूकी सन्धि पास गरेर भारतिय सुरक्षाकर्मी लाई नेपालमा नेपाली नागरिक लाई पक्रिने अनुसन्धान गर्ने भारतमा लिएर मुद्दा चलाउन सक्ने प्रावधान राखेको वताए। फरक नाम र रुपमा एसपिपि पास गरेर मुस्ताङ लगाएत विभिन्न स्थानमा अमेरिकी सैनिक क्याम्प  राख्ने सम्भावना रहेको  छ।त्यहा भएको युरोनियम उत्तखन्न गरेर  अमेरिकालाई दिने योजनाका साथ  प्रधानमत्री वालेन साहको मुक्ताङ  भ्रमण गरेको वताए। ।यो सरकारले अमेरिका लाई युथ काउन्सिल  चिन लाई युथ पाइनोयिर जस्ता नेपाली युवामा विदेशहरु लाई सँगठन र राजनिति  गर्ने छुट दिएको वताएका छन।  नेपालको असँलग्न निति विपरित दलाइ लामाको जन्म दिवश वनाउन  सरकारले  छुट दिएको  वताएका छन।    

 क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कञ्चनपुर जिल्ला समितिको आयोजनामा  आज २०८३ असोज ८ गते महेन्द्रनगरको  नाइन इलेवन होटलमा पत्रकारहरु सँग भेटघाट कार्यक्रममा पार्टीका पिविएम लालवहादुर जाग्री समेतको उपस्थिति रहेको थियो।पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण सिसिएम तथा १ न. व्युरो सचिव रामवहादुर महराले गरेको थिए।



२०८३ असोज ८ १९:०८ बजे

प्रतिक्रिया