धनगढीमा देशको स्वाधिनताको रक्षा विषयमा अन्तक्रिया सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८३ असोज ८ ११:५४ बजे


धनगढी। क्रान्तिकारी  कम्युनिष्ट पार्टी सुदूरपश्चिम(व्युरो १ र २ )को आयोजना हिजो  २०८३ असोज ७ गते धनगढीको होटल शुभममा देशको अवस्था र राष्टिय स्वाधिनताको प्रश्न विषयक अन्तक्रिया कार्यक्रममा  सम्पन्न भएको छ।

कार्यक्रममा  स्थायी समिति सदस्य परि थापाले प्रस्तुत गरेको अवधारणापत्र पिविएम लालवहादुर जाग्रीले वाचन गरेका थिए। अवधारणपत्र माथि प्रगतिशिल लेखक सँघका लछिराम आर्चाय, नेपाल वारका निर्वतमान उपाध्यक्ष तुलाराम गिरि  नेकपा (वहुमत)का प्रतिनिधि रमेश साउद नेपाली कम्युनिष्ट पार्टीका सिसिएम प्रेम विसि,नेकपा(एमाले)का प्रदेश सचिव रणवहादुर चन्द, राजमोका केन्द्रिय सचिवालय सदस्य नन्दराज भट्ट वरिष्ठ वामपन्थी नेता आरसि भट्टले आ- आफ्ना धारण राखेका थिए।

\

कार्यक्रमको अध्यक्षता २ न. व्युरो सचिव एव सिसिएम लालवहादुर मडै सञ्चालन १ न. व्युरो सचिव  एव सिसिएम रामवहादुर महरा र स्वागत सिसिएम रुद्र कडेलले गर्नु भएको थियो।कार्यक्रममा विध्यार्थी  मजदुर किसानका नेता तथा जनताको उपस्थिति रहेको थियो


२०८३ असोज ८ ११:५४ बजे

प्रतिक्रिया