धनगढी। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको सुदूपश्चिमको अत्तरियामा सम्पर्क कार्यालय आज पार्टीका स्थायी समिति सदस्य परि थापाले रेवन काटेर उद्घाटन गर्नु भयो। १ र २ नम्वर व्युरोको सँयुक्त कार्यालय कैलालीको अत्तरियामा स्थापना गरेको वताइन्छ।
सोहि कार्यालयमा आज सुदूरपश्चिममा पार्टी सुदिढिकरण सम्वन्ध १ दिने प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भएको छ।कार्यक्रमको सञ्चालन पार्टीका सिसिएम तथा १ न. व्युरो सचिव रामवहादुर महरा अध्यक्षता सिसिएम तथा २ न. व्युरो सचिव लालवहादुर मडै, स्वागत भाषण सिसिएम रुद्र कडेलले गरेका थिए। कार्यक्रमको उद्धाटन व्यानर वाचन गरेर प्रमुख अथिति स्थायी समिति सदस्य परि थापा गर्नुभएको थियो।अथितिमा पिविएम तथा सुप इञ्चार्ज लालवहादुर जाग्री हुनुहुन्थो।
प्रशिक्षणमा वैतडी अछाम डडेल्धुरा कैलाली र कञ्चनपुरका गरी पाँच जिल्लाका जिल्ला तथा व्युरो स्तरिय करिव पैतिस जना कार्यकर्ताहरुको सहभागीता रहेको व्युरो सचिव लालवहादुर मडैले वताएका छन। प्रशिक्षणमा समसामयिक राजनिति र साम्रज्यवाद विरुध्दको मोर्चाका वारे परि थापा र पाटी सुदिढीकरण सगठनात्मक प्रणाली र अनुशासन वारे लालवहादुर जाग्रीले प्रशिक्षण दिनु भएको थियो।

सवै जिल्लाका सहभागीहरुको गुरुप छलफल पछि आ-आफ्ना जिल्लामा पार्टी सुदिढिकरण सम्वन्धि ठोस योजना पेश गरेका थिए। कार्यक्रमका सहभागीहरु मध्ये मोहन थापा र मिना कडालले प्रशिक्षण वारे आ- आफ्ना धारणा राख्दै यसले कार्यकर्तामा नयाँ जोस उर्जा थपको कुरा वताएका थिए।प्रशिक्षण कार्यक्रमका अध्यक्ष तथा सञ्चालक लालवहादुर मडैले कार्यक्रमको समापन गरेका थिए।
प्रतिक्रिया