धनगढी। क्रान्तिकारी कम्युनिष्ट पार्टी कैलालीका जिल्ला समिति सदस्य तथा क्रान्तिकारी किसान महासँघका केन्द्रिय सदस्य राम भाटको आज १५ औ पुण्यतिथिको सन्दर्भमा श्रध्दाञ्जली सभा सम्पन्न भयो।
क्रान्तिकारी कम्युनिष्ट पार्टी कैलाली जिल्ला समितिको आयोजनामा कैलाली लालपुर क्षेत्रमा रहेको उहाकै निवासको आगनमा श्रध्दाञ्जली सभा सम्पन्न भएको जिल्ला ईन्चार्ज रुद्र कडेलले वताएका छन।
.png)
श्रध्दाञ्जली सभाको अध्यक्षता मृतकका छोरा विर वहादुर भाटले गर्नुभएको थियो। प्रमुख अथिति पार्टीका २ न.व्युरो सचिव लालवहादुर मडै हुनुहुन्यो।कार्यक्रमको सञ्चालन जिल्ला इञ्जार्च रुद्र कडेलले गरेका थिए।उहाँको फोटोमा फुलमाला लगाएर उहाँ प्रति श्रध्दा सम्मान व्यक्त गरिएको थियो।
दलित मोर्चाको तर्फ वाट लोकवहादुर वि.क. किसान मोर्चा तथा जिल्ला पार्टीको तर्फ वाट सचिव टँक कोइराला र परिवारजनका तर्फ वाट राम भाटकी छोरीपट्टीकी नातनी सावीत्री ओझाले शोक मन्तव्य राखेका थियो।नातनीले मन्तव्यको क्रममा वाजे देखाएको सदमार्गमा सम्पुर्ण परिवारजन हिड्ने प्रतिवध्दता समेत व्यक्त गरेकी थिइन।
कार्यक्रममा पार्टीका कार्यकर्ता शुभचिन्तक परिवारजन इष्टमित्र आफन्तहरुको उपस्थित रहेको कुरा पार्टी सचिव टँक कोइरालाले वताएका छन।
.png)
प्रतिक्रिया